राजनैतिक परिपक्वता भएको गगन अनि महत्वाकाङ्क्षी अधैर्य रबि!



बास्तबमा देशको माया कस्तो हुन्छ भन्ने कुरा केहि समय आफ्नो देश छोडेर बिदेश बस्नुपर्छ अनिमात्र थाहा हुदो रहेछ, जुन मैले अनुभव गरे! यधपि साच्चिकै देश(जन्मभूमि) लाइ माया गर्ने मान्छेले  आफ्नो देश जस्तो सुकै भएपनि आफ्नो देशको नागरिकता चाहि त्याग्दैन।

तर बिडम्बना हामीले त्यस्तो व्यक्तिलाइ नेताको रुपमा स्विकार्नुपरेको छ जस्को भनाइ र गराइ ठिक बिपरित छ।, जस्ले देशलाइ धेरै माया गर्छु भन्छ तर बिडम्बना त्यहि व्यक्ति  देशको  नागरिकता त्यागेर अमेरिका  को नागरिकता र पासपोर्ट बोक्छ, जस्ले हत्या हिङ्सा गर्नु हुदैन भन्छ उसैको दुइ दुइजना ड्राइभर हरुको रहस्यमय तरिकाले मृत्यु हुन्छ, जस्ले भ्रष्टाचारीलाइ उडिउडि नाकको डाडि भाच्छु भन्छ, उसैले हरेक क्षेत्रमा भ्रस्टाचारको काण्डै काण्ड मच्चाउछ्।जस्ले पिडिटलाइ न्याय दिन्छु भन्छ उसैले गरिब जनतालाइ पिडितमाथी पिडित बनाउछ।

अर्को कुरा यो व्यबस्था र अवस्था ल्याउनमा रबिको भूमिका 0 छ तर गगन र काङ्रेसहरु ले लामो समय लडेर ल्याएको यो व्यबस्थामा राजनितिको सवालमा बामे सर्न नजान्ने एउटा मामुलि पत्रकारलाइ डाइरेक्ट उप प्रधान तथा गृह मन्त्री बनाउने पनि यहि व्यबस्थाले हो भनेर भन्न हिच्किचाउने रबिभक्त हो सुन,!


रबि लामिछाने एक अन्तराष्टृय ठग हो भनेर किन बुझ्दैनन मान्छेहरु? ले अमेरिकामा आर्थिक अपराध र कर छलि सम्बन्धि ९ वटा मुद्दा लागेको र अझै पनि दुइ ठूला मुद्दाहरु बिचाराधिन अवस्थामा छ, त्यस्तै नेपालमा आफू पद र पावरमा हुदा पासपोर्ट काण्ड मिलाउन प्रचण्डलाई बिश्वासको मत दिएर सम्झौता गरेको, सहकारी काण्ड मिलाउन कृष्ण बहादुर महरालाइ सुन काण्डमा उन्मुक्ति दिएको, महान्यायाधिवक्ताको कार्यालयबाट क्लिन चिट बनाउन अदालतले पक्राउ पुर्जी जारी गरेको पञ्चा सिंहलाई नपक्रने सम्झौता गरेको, आफ्नो सहकारी ठगि काण्डमा ओलीको साथ पाउन गृहमन्त्री हुदा गिरिबन्धु काण्ड नदेखेको, नागरिकता काण्ड मिलाइदिने वकिलको भान्जालाई गृहमन्त्री हुदा २ दिनका लागि A.IG पद उपहार दिएको, गृहमन्त्री पद पाउनलाइ जोसंग जस्तो सम्झौता गर्न पनि तयार भएको साथै प्रचण्ड र केपि ओलि दुबैजनासङ्ग मिलेर आफ्नो कर्तुत काण्ड मिलाउन लागिपरेको ,पद र पावर देश र जनताका लागि भन्दा आफ्नो काण्ड मिलाउन प्रयोग गर्न लागिपरेको एक नम्बरको महाठग हो ।


अनि तिमिहरुले बाख्रा भन्दै जिस्काएको गगन थापा- सत्तामा होस् वा प्रतिपक्षमा,आफ्नो पार्टी भित्र होस् वा बाहिर गलत प्रवृत्तिको सधै खरो रुपमा बिरोध गर्ने ,  एक्लै किन नहोस सधै सत्यको पक्षमा छोटो समय स्वास्थ मन्त्री हुदा जनताको हितमा  राम्रो काम गर्न सफल,सबैभन्दा सकृय साङ्सद, चुनौतिका  सामना  गर्दै समाधान देखाउने नेता  हुन्।कुनै भ्रस्टाचार र ठगीमा संलग्न नभएको भिजिनरि नेता हुन्।सहि लाइ सहि र गलत लाइ गलत भन्न सक्ने हिम्मत भएको भविश्यमा नेपाल हाक्न सक्ने क्षमता भएको,  गलत कामको लागि कुनै पनि सम्झौता  नगर्ने भिजन भएको नेता, साथै पार्टीमा अरुले गरेको दोषको भारी बिरोधिहरुले बोकाएर, निराधार बिरोधको सामना गरिरहेका नेता हुन गगन थापा।

लामो समय देशको लागि लड्ने, राणाशासन देखि राजतन्त्रको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने चाहि गगन र काङ्रेस, अनि राजनितिमा योगदान गर्ने  समय जति बिदेश मा पैसाकै लागि श्रीमतिको बिकल्प खोज्दै हिड्ने,  पैसा कै लागि ठगि धन्दा गर्न तल्लिन जता पैसा देख्यो, जता लुट्न पायो उतै जम्प गर्ने रबि ,अनि अहिले आएर सस्तो लोकपृयता को आडमा यो व्यबस्थाको नायकहरुलाइ नमान्ने, सतहि  ज्ञान को आधारमा दम्भ र अहङ्कारी बनेको रबि को राजनितिमा योगदान के छ? गृहमन्त्री जस्तो पावरफुल पदमा पुग्न लाइ राजनैतिक योगदान चाहिदैन? ? 


एउटा साधारण कार्यलय चलाउनको लागि त कर्मचारीहरुले बिभिन्न किशिमको तालिम तथा कोर्ष पुरा गर्नु पर्छ भने यहा त देश चलाउने  कुरा छ, राज्य सत्ता सन्चालनको लागि राजनैतिक तालिम वा कोर्ष पुरा गर्नुपर्दैन? देश चलाउने जिम्मेवारी लिने व्यक्ति ले राजनिति बुझ्नुपर्दैन, ? 


राजनैतिक व्यक्तिको रुपमै काम गरेको अनुभब हुनुपर्दैन? राजनैतिक योगदान गर्नुपर्दैन? आफू देशमै बसेर राज्य सन्चालनमा सहयोग गरेको भए वा राज्यको खराव निति हरुलाइ लाइ सच्याउन वा राम्रो निति बनाउन पहिलेदेखि केहि सहयोग गरेको भएपो यिन्लाइ थाहा हुन्थ्यो, निति के हो, नियम के हो राजनिति के हो भन्ने कुरा! अहिले  अरुको सङ्घर्ष बाट स्थापित व्यबस्थामा टेकेर यो भएन उ भएन भन्दै यो व्यबस्थाको नायकहरुलाइ गाली गर्ने दोष थुपार्ने तथा गुनासो गर्ने छुट पाएको छ, तसर्थ राजनिति जान्न र बुझ्न राजनितिमै दुख गर्नु पर्छ , हर कोहिले त्यो क्षमता राख्दैनन! 


 झन रबि को त के कुरा गर्नु! ? 

परिवार चलाउन नसकेर , परिवार(श्रीमति ) नै फेर्दिने, 

आफूले काम गरेको टेलिभिजन चलाउन नसकेर टेलिभिजन नै फेर्दिने, 

आफैले खोलेको अर्थात साझेदारी मा खोलेको कम्पनि चलाउन नसकेर कम्पनि नै दुबाइदिने, 

अझै भनौ, आफ्नो देशको व्यबस्था मन नपरेर त्यस्को बिरुद्दमा सङ्घर्ष गर्नुको सट्टा देश नै त्याग्ने, रास्ट्र र राष्टृयता अर्थात नागरिकता नै त्याग्ने व्यक्तिले फेरि फर्केर आयो भन्दैमा देश चलाउन सक्छ भनेर हामीले पत्याइदिनुपर्ने? 


आफ्नो दक्षता भएको क्षेत्रमा त केहि सफल काम गर्न नसक्ने अर्थात त्यो क्षेत्रमा टिकाउ हुन नसक्ने, धैर्यता राख्न नसक्ने व्यक्तिले उस्को क्षेत्र र क्षमता भन्दा टाढाको काम सफलतापूर्वक पुरा गर्छ भनेर हामीले मानिदिनुपर्ने? त्यस्ता व्यक्तिलाइ प्रधानमन्त्री पद दियो र कुनै भने बिदेशीले उस्लाइ लाभ हुने प्रलोभन देखायो भने देश नै बिदेशीलाइ सुम्पिदियो भने जिम्मेवार को हुने? 

अनि यस्ता राजनितिको सामान्य नियम थाहा नहुने व्यक्ति लाइ डाइरेक्ट गृहमन्त्री दिदा त  आफ्नो देशको तथ्याङ्क /राष्टृय परिचय पत्र बनाउने जिम्मा बिदेशीलाइ सुम्पिसकेको व्यक्तिले झन प्रधानमन्त्री दियो भने देश दुवाउदैन? यो कुरा नेपालीहरुले कहिले बुझ्ने?



अहिले रबिको बचाउमा सबै रास्वपाका नेता कार्यकर्ताहरुले आफैलाइ नङ्ग्याए।कानुनि राज्यमा हुलहुज्जत गरेर कानुनको बर्खिलापमा जाने कस्तो खालको कुन  राजनैतिक सन्कार हो यो? 

सहि या गलत छुट्याउने, न्याय दिने या सजाय दिने काम त न्यायलयको हो नि! 

गैरकानुनि तरिकाको भिड को जनदबाबले न्यालयलाइ प्रभाव पारि रबि जस्ता भ्रष्टचारिलाइ जेलजानबाट छुट्यायर अनुचित लाभ उठाउने कुचेस्टा रबि र तिनका कम्पनि ले गर्दैछन, खबरदार! 

अनावस्यक भिड, हुलहुज्जत गरेर देश  कदापि सहि दिसामा जान सक्दैन!  बाकि आफै सोच्नुस, अपकमिङ जेनेरेसनलाइ के शिक्षा दिने ?भिडतन्त्र कि बिधिको शासन र शान्तिपूर्ण राजनिति  ? 


हो! झुट , भिड र भ्रमपूर्ण बक्वासलाइ मान्छेले छिटो बिश्वास गर्छ , सस्तो लोकपृयतामा रमाउछन तर कालान्तरमा त्यसको असर अत्यन्तै  पिडादायि हुन्छ! सत्य बोल्ने, सत्य कुरालाइ अबलम्बन गर्ने,  सत्य को पक्षपाती जहिले पनि सङ्ख्यामा कम नै हुन्छ ।

जो कोहि सत्यको लायक हुदैन, जो कोहिले सत्यलाइ पचाउन सक्दैन, सत्य तितो हुन्छ तर यथार्थ  हुन्छ ।

जय नेपाल🙏

Comments

Popular posts from this blog

Love letter to my husband on the occasion of Valentine’s Day

The thrilling experience of paragliding in Pokhara Nepal.🇳🇵